Home / Blogs / डाट्शन ह्याचव्याक कार रेडी गोको फेसलिफ्ट भर्सन सार्वजनिक
  • Latest Cars
  • 0

डाट्शन ह्याचव्याक कार रेडी गोको फेसलिफ्ट भर्सन सार्वजनिक

Nepal Auto Trader

Share this News

image

जापानी मोटर उत्पादक कम्पनी डाट्शनले आफ्नो इन्ट्री लेवल ह्याचव्याक कार रेडी गोको फेसलिफ्ट मोडल बिक्री सुरु गरेको छ । कम्पनीले नयाँ रेडी गो पहिलेको तुलना थप स्पोर्टी र नयाँ फिचर थप गरेर बजारमा ल्याएको छ ।  यसले कम खर्चमा गाडी चढ्न चाहने युवा वर्गलाई आकर्षित गर्ने कम्पनीको भनाई रहेको छ ।

निकै सानो साइजमा आउने यो कार नेपालमा पनि निकै राम्रो बिक्री हुने कार हो । नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री वितरण गर्दै आएको यस कारमा दुई इन्जिन अप्सन दिइएको छ । जसमा ०.८ लिटर र १.० लिटर क्षमताका दुई पेट्रोल इन्जिन रहेका छन् । फेसलिफ्ट मोडलपनि लकडाउन सकिएको केही समयपछि नेपाली बजारमा आउने छ ।

कम्पनीले यसमा थुप्रै फिचरहरु सेग्मेन्टमा पहिलो हुनेगरि ल्याइएको जनाइएको छ । यसको बाहिरी भागमा एल सेपमा डिआरएलएस दिइएको छ । स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ । एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।

रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई पनि उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । यो पनि आफ्नो सेग्मेन्टमा नै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । नेपाली बजारमा रेडी गो ०.८ लिटरको मूल्य १९ लाख ९९ हजार र १.० लिटर इन्जिनसहितको गाडीको मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Our latest comments