सुजुकी मोटरसाइकलले बीएस६ सुजुकी भी–स्ट्रोम ६५० एक्सटी मोटरबाइक एबीएस सहित सार्वजनिक गरेको छ । जापानी टु ह्वीलर म्यानुफ्याक्चर कम्पनिले सो बाइक अटो एक्सपो २०२० मा सार्वजनिक गरेको थियो । सो बाइक लामो दुरीको यात्राको साथ साथै अफरोड बाटोको लागि पनि धेरै उपयुक्त रहेको छ । सो मोटर बाइक को सबैभन्दा महत्वपूर्ण विशेषता भनेको यसमा बीएस ६ मापदण्डमा आधारित इन्जिन छ जुन अहिलेको एकदम प्रख्यात इन्जिन रहेको छ ।
कम्पनिका म्यानेजिङ डाइरेक्टर अनुसार सो बाइकमा कम्फर्ट सिट र फ्लेक्जिबल इन्जिन समावेश गरिएको छ भने सो बाइकमा नयाँ बीएस६ इन्जिन जडान गरिएको छ जसले बाइकलाई क्लिन र ग्रिनर बनाउन सहयोग गर्छ । बाइकमा नयाँ बीएस६ ६४५ सीसी, फोर स्ट्रोक, लिक्विड कुल्ड, डीओएचसी, ९० डिग्री भी ट्वीन पेट्रोल इन्जिन समावेश गरिएको छ । सो मोटर बाइकमा सुजुकीको नयाँ ईजी स्टार्ट सिस्टम समावेश गरिएको छ भने कम्पनीले सो बाइकको पावर र टर्कको साथै माइलेजको बारेमा केही जानकारी दिएको छैन ।
सुजुकीको सो मोटरबाइकमा एन्टि लक ब्रेकिङ सिस्टमको साथ थ्री मोड ट्रयाक्सन कन्ट्रोल सिस्टम रहेको छ भने सो बाइक २ कलर अप्सनमा उपलब्ध रहेको छ । जसमा शेपेन यल्लो र पर्ल ग्लेसियर ह्वाइट समावेश रहेको छ । बाइकमा अन्य फिचर विन्डसिल्ड, सेट अप सिट, स्पोक्स ह्विल समावेश रहेको छ । यो बाइकमा डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल रहेको छ जुन यूएसबी चार्जर र १२ वोल्ट पावर सकेटको साथमा उपलब्ध रहेको छ । सेफ्टीको लागि रियरमा ट्विन ३२० एमएम डिस्क र फ्रन्टमा २६० एमएम सिंगल डिस्क समावेश गरेको छ । सो बाइक २१६ किलोग्राम रहेको छ ।
PREVIOUS NEWS