बजाज अटोले आफ्नो उत्पादनमा एडभेन्चर मोटरसाइकल थप गर्न लागेको विषय अहिले निकै चर्चामा रहेको छ । कम्पनीले २५० सीसी अन्तर्गत एडभेन्चर बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । गाडीवाडी अनलाईनका अनुसार कम्पनीले हिरो एक्सपल्स र रोयल इन्फिल्ड हिमालयसँग सिधा प्रतिस्पर्धा गर्न नयाँ बाइक ल्याउन लागेको हो ।
कम्पनीले आफ्नो पहिलो एड्भेन्चर बाइकमा २५० सीसीको इन्जिन दिने तयारी गरेको छ । जसलाई कम्पनीले केटीएमबाट लिएको जनाएको छ । यद्यपी मोटरसाइकलमा रहने फिचरका बारेमा भने केही अनुमान लगाइएको छ ।
लामो यात्राको लागि उत्पादन गर्न लागिएको यस बाइकमा लामो सस्पेन्शन, अगाडि १९ इन्चको अलोय ह्वील, पछाडि १८ इन्चको अलोय ह्वीलका साथ डियूल प्रपोज टायर दिने अनुमान गरिएको छ ।
बजाजले आउँदै गरेको ‘पल्सर रोडस्टर’मा २४८.८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल फियूल इन्जेक्सन इन्जिन रहने छ । केटीएम डुक २५० को इन्जिन दिने अनुमान गरिएको छ । जसले ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क उत्पादन गर्छ ।
यसका साथै कम्पनीले नयाँ प्रदुषण मापदन्ड अनुसारका बाइक उत्पादन गर्ने भएकाले यसमा फुल एलइडी लाईट सेटअप, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस फस्ता फिचर रहने छन् ।
PREVIOUS NEWS