Home / Blogs / बजाज डोमिनार २५० सीसीमा सार्वजनिक हुने
  • Upcoming Bikes
  • 0

बजाज डोमिनार २५० सीसीमा सार्वजनिक हुने

Nepal Auto Trader

Share this News

image

बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल डोमिनार २५० सीसी क्षमताको इन्जिनमा यही मार्च महिनामा सार्वजनिक गर्ने भएको छ । बजाजले सो बाइक अगामी महिना बजारमा सार्वजनिक गर्ने योजना बनाएको छ । कम्पनीले आधिकारिक रुपमा घोषणा नगरे पनि सो बाइक आगामी मार्चको अन्त्य वा अप्रिलको सुरुवात देखि सोरुमहरुमा उपलब्ध हुने अनुमान गरिएको छ । भारतमा लन्च भएको केही समयमा नेपालमा पनि आउने सम्भावना हुन्छ ।

बजाज डोमिनार ४०० कै डिजाइनमा आधारित डोमिनार २५० मा केटीएम ड्यूक २५० मा रहेको २४८.८ सीसी सिगंल सिलिन्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन रहने अनुमान गरिएको छ । उक्त इन्जिनले ३० पीएस पावर तथा २४ एनएम टर्क जनेरेट गर्छ । डोमिनार २५० को फ्रन्ट डिजाइन ४०० कै समन रहने अनुमान गरिएको छ ।

बजाज डोमिनार २५० को मूल्य र फिचरको वारेमा कम्पनीले हाल केही जानकारी दिएको छैन । यद्यपि प्रतिस्पर्धालाई ध्यानमा राखी यसको मूल्य प्रतिस्पर्धात्मक नै बनाइने बताइएको छ । यद्यपि यसको मूल्य बजाज ४०० भन्दा कम नै हुनेछ । सो बाइकमा केटीएम ड्युक २५० मा प्रयोग गरिएको इन्जिन प्रयोग हुन सक्ने छ ।

यसमा कम्पनीले एलइडी हेडल्याम्प, इन्डिकेटर, टेलल्याम्प, डिजिटल इन्स्टुमेन्ट कल्स्टर, स्पीट सिट, डुअल च्यानल एबीएस, ट्वीन ब्यारल एक्जष्ट जस्ता फिचर बजाज डोमिनार ४०० बाट लिइएको छ । यसका साथै कम्पनीले सस्पेन्सन सेटअप समेत डोमिनार ४०० बाट नै लिएको अनुमान गरिएको छ । यसमा ६ स्पिडको गियरबक्स जडान  प्रयोग हुन सक्ने छ ।

Our latest comments