उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएका अप्रिलिया स्कुटरहरु नेपाली बजारमा पनि बिक्री हुँदै आएका छन । अप्रिलियाको नेपालका लागि आधिकारीक बिक्रेता दुगर्ड ब्रदर एन्ड सन्सले अप्रिलियाका स्कुटरहरु नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ । पछिल्लो समय नेपाली बजारमा अप्रिलिया स्कुटरले निकै राम्रो सफलता हासिल गर्दै आएको छ । नेपाली बजारमा अप्रिलियाको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो भने १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० अप्रिलाको सबैभन्दा महंगो स्कुटर रहेको छ । अप्रिलिया स्कुटरको विभिन्न मोडलको नेपाली मूल्यसूची यस प्रकारको छः
अप्रिलियाको विभिन्न मोडलको मूल्यसूची :
| मोडल | इन्जिन क्षमता | मूल्य |
| अप्रिलिया स्ट्रोम १२५ | १२५ सिसी | रु. २,४६,९०० |
| अप्रिलिया एसआर १२५ | १२५ सिसी | रु. २,५३,९०० |
| अप्रिलिया एसआर १५० | १५० सिसी | रु. २,९३,९०० |
| अप्रिलिया एसआर १५० रेस | १५० सिसी | रु. ३,१६,९०० |
| अप्रिलिया एसआरएक्स १६० | १६० सिसी | रु. ४,०९,९०० |