सिएफ मोटोको नेपालको लागि आधिकारीक बिक्रेता आन इन्टरनेशनल प्रालिले ‘अल न्यू २५० एनके’ २०२० मोडल नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले नयाँ २५० एनकेमा नयाँ एलइडी हेडलाईटको प्रयोग गरेको छ भने व्ल्यू कलरको कभर दिएको छ ।
यो मोटरसाइकल पावर र स्टाइलका हिसावले निकै उत्कृष्ट रहेको मान्न सकिन्छ । यसमा रहेको २५० सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिनले ९००० आरपीएममा २७ बीएच पावर र ७५०० आरपीएममा २२ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
रेगुलर मोडलको जस्तै यसमा डियुल च्यानल एबीएस उपलब्ध रहेको छ । यसमा रहेको टिएफटी डिस्प्लेमा विभिन्न सुचनाहरु आउने छन् । यूएडी फर्क, हाइड्रोलिक क्लच, एलइडी लाइट जस्ता फिचरले यो मोटरसाइकललाई फिचर लोडेड बनाएको छ ।
२०२० मोडलमा कम्पनीले ग्राफिक्स र स्वीङआर्ममा परिमार्जन गरेको छ । तर, यसको मूल्यमा भने कम्पनीले कुनै परिमार्जन गरेको छैन । कम्पनीले यसलाई ५ लाख २५ हजार मूल्य तोकेर बिक्री गर्दै आएको छ ।
PREVIOUS NEWS