बजाजको पल्सर सिरिजका मोटरसाइकल युवा पुस्तामा लोकप्रिय छन्।
पल्सर १५० सीसीको ग्राफिक्स, लुक्स, एलइडी लाइट, एलसिडी स्पिडोमिटर, एलइडी ब्याक लाइट लगायतका राम्रा फिचर्सहरू रहेको कम्पनीले जनाएको छ।
यसमा रहेको डिटीएसआइ इन्जिन (डिजिटल टुइन स्पार्क इग्निसन) ले थोरै पेट्रोलमा धेरै माइलेज दिने आचार्यको दाबी छ।
त्यस्तै यसको एडजस्टेड सिस्टमले हाइ गियरमा लो स्पिडमा जाँदा अरु मोटरसाइकलमा जस्तो स्टार्ट बन्द नहुने र राम्रोसँग पिकअप दिने कम्पनीले जनाएको छ।
कम्पनीको अनुसार यसमा नाइट्रक्स सक प्रयोग गरिएको छ, जसलाई ५ वटा स्टेपमा एड्जस्ट गर्न मिल्छ। यसले चालकलाई आराम दिने र ढाड नदुख्ने आचार्यले जानकारी दिए।
पल्सर १५०सीसीमा एयरकुल्ड इन्जिन भएको कारण लामो दूरी को यात्राको लागि उपयुक्त मान्न सकिन्छ।
१४३ किलो तौल भएको यो मोटरसाइकलको ह्विल वेस १३२० रहेको छ। यसको अगाडिको पांग्रामा डिक्स र पछाडि ड्रम ब्रेक समावेश छ र् दुबै डिक्समा पनि उपलब्ध छ । १४९.५ सीसी इन्जिन क्षमता भएको उक्त मोटरसाइकलले ९००० आरपीएममा १४ पिएस शक्ति दिन्छ भने ६५०० आरपीएम मा १३.४ एनएम टर्क उत्सर्जन गर्छ।
यो मोटरसाइकल कलेजका विद्यार्थी देखि दैनिक कामकाजी व्यक्तिहरूले उत्तिकै रुचाएको आचार्यको दाबी छ।
‘यो हेर्दा आकर्षक छ, सेफ छ, पल्सर १५० नै दोहोर्यायर किन्ने ग्राहक धेरै छन ।
तीन वटा आकर्षक रङ्गहरूमा उपलब्ध पल्सर १५० नेपाल बाटो सुहाउँदो रहेको कम्पनीले जनाएको छ। यसले काठमाडौंमा ४५ र हाइवेमा ५० को माइलेज दिने कम्पनीको दाबी छ।
कम्पनीले यसको मूल्य २ लाख ५९ हजार ९ सय रूपैयाँ निर्धारण गरेको छ। बजाजका सबै मोटरसाइकलहरूमा कम्पनीले २ वर्षको वारेन्टी दिएको छ, जसमा १० वटा सर्भिसिङ समावेश छन्।