Home / Blogs / अन्ततः मारुती सुजुकीले ल्याउने भयो नयाँ ह्याचव्याक
  • Upcoming Cars
  • 0

अन्ततः मारुती सुजुकीले ल्याउने भयो नयाँ ह्याचव्याक

Nepal Auto Trader

Share this News

image

मारुती सुजुकीले नयाँ ह्याचव्याक कार बजारमा ल्याउने जानकारीहरु बाहिरिएका छन् । कम्पनीले ‘हर्ट टेक के’ प्ल्याटफर्ममा नयाँ ह्याचव्याक कार ल्याउने तयारी गरिरहेको रिपोर्टहरु बजारमा सार्वजनिक भएका छन् ।  मारुती सुजुकीका साना कारहरु राम्रो माइलेजको लागि एकदम परिचित छन् । यसै गरी मारुती सुजुकी अल्टो आर्थिक वर्ष २०१९–२० मा सबैभन्दा बिक्री भएको कार बनेको छ । 

कम्पनीले आफ्नो बजार हिस्सा कायम राख्न नयाँ मोडलको ह्याचव्याक कार ल्याउन तयार गरेको  हो । कम्पनीले ल्याउने नयाँ ह्याचव्याक कारमा ७९६ सीसी क्षमताको थ्रि सिलिण्डर नेचुरल्ली एस्पायर्ड पेट्रोल इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिनले ४८ पीएस् पावर र ६९ एनएम टर्क प्रदान गर्ने अनुमान गरिएको छ । कम्पनीले यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स रहने छ । अल्टोमा पनि  ७९६ सीसी इन्जिन समावेश गरिएको छ । जसले ४७ एचपीको पावर जेनेरेट गर्छ । 

नयाँ मोडलको ह्याचव्याकले इन्ट्री लेवलको कार खोज्नेको आवश्यकता पुरागर्ने विभिन्न मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । कम सीसी र सस्तो मूल्यका कारमा निकै ठूलो बजार हिस्सा ओगटेको मारुती सुजुकीले यो कार बजारमा ल्याएपछि आफ्नो बजार हिस्सा अझै बलियो बनाउने अनुमान गरिएको छ । साथै सुरक्षाको लागि शो गाडीमा एयरब्याग, रियर पार्किङ सेन्सर, एबीएस र स्पिड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहने छन्  । सो कारको माइलेज २२.०५ किलोमिटर प्रति लिटर रहेने छ  ।

मारुती सुजुकीका कारहरु नेपाली बजारमा पनि उपलब्ध रहने हुनाले यो नयाँ कार पनि नेपाल आउने अनुमान गर्न सकिन्छ । शो कार यही वर्षको अन्तमा वा अर्काे वर्षको सुरुमा सार्वजनिक गर्ने सम्भावना रहेको छ । 

Our latest comments