Home / Blogs / बजाज प्लाटीना एबीएस भर्सनमा सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने
  • Upcoming Bikes
  • 0

बजाज प्लाटीना एबीएस भर्सनमा सार्वजनिक; नेपाली बजारमा छिट्टै आउने

Nepal Auto Trader

Share this News

image

बजाज प्लाटीना ११० एबीएस भर्सनमा सार्वजनिक भएको छ । बजाज अटोले ७२ हजार २२४ भारतीय रुपैयाँ मूल्य तोकेर प्लाटीना एबीएस सार्वजनिक गरेको हो । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज प्लाटीना ११० एबीएस अब छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ । प्लाटीना ११० सेग्मेन्टमै पहिलो एबीएस भएको मोटरसाइकल भएको छ भने साथै यसमा आधुनिक बिशेषता थप गरेर बजारमा सार्वजनिक गरिएको छ ।


बजाज प्लाटीन ११० मा ११५ सीसी सिंगल सिलिन्डर एयर कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८.४४ बीएच पावर र ९.८१ एनएम टर्क जेनेरेट गर्छ । यसमा ४ स्पीडको गियरबक्स जडान गरिएको छ । बजाज प्लाटीन ११० को अगाडी २४० एमएमको डिस्क र पछाडि ११० एमएमको ड्रम ब्रेक रहेको छ भने यसमा सिङ्गल च्यानल एबिएस पाउन सकिन्छ । यसको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र रियरमा डबल स्प्रीङ निट्रोक्स सस्पेन्सन पाउन सकिन्छ । 


बजाज प्लाटीना ११० एबीएसको लम्बाई २००६ एमएम, चौडाई ७१३ एमएम, उचाई ११०० एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १२५५  एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १०.५ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १२३ केजी रहेको छ । सो मोटरसाइकलमा अगाडि २४० एमएमको डिस्क र पछाडि ११० एमएमको ड्रम ब्रेक रहेको छ । सो बाइकले ७० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । 


प्लाटीना ११० एबीएसमा हलोजिन हेडल्याम्पका साथमा एलइडी डिआरएल लाइट पाउन सकिन्छ भने यसमा डिजिटल स्पीडोमिटर दिइएको छ । यो सेग्मेन्टमै पहिलो गियर इन्डिकेटर भएको मोटरसाइकल बनेको छ । यसमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ । यसमा प्रयोग भएको स्लिक हेडल्याम्प र बजाजको सिग्नेचर हेडलाइटले तथा नयाँ आकर्षक इन्धन ट्याङ्कीले सो बाइकलाई निकै आकर्षक बनाएको छ ।


नेपाली बजारमा प्लाटीना १०० इस भेरियन्टको विक्री हुँदै आएको छ । यसको नेपाली बजार मुल्य १ लाख ९४ हजार ९०० रुपैयाँ रहेको छ । नेपाली बजारमा प्लाटीना ११० एबीएस पनि अब छिट्टै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ । प्लाटीना ११० एबीएसले नेपाली बजारमा हिरो स्प्लेन्डर प्लस र होन्डा सीडी ११० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagramTikTok पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।





Our latest comments