कोमाकीले इलेक्ट्रीक क्रुजर मोटरसाइकल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । नेपालका लागि कोमाकी इलेक्ट्रिक बाइक तथा स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालिले हाल इलेक्ट्रिक स्कुटर भित्र्याइसकेको र अब बाइक समेत भित्र्याउने बताएको छ । कम्पनीले कोमाकी रेन्जर नामक गरेको इलेक्ट्रीक क्रुजर मोटरसाइकलको प्रि बुकिङ खुल्ला समेत गरेको छ । क्लासिक क्रुजर स्टाइलमा निर्मित सो बाइकले पक्कै पनि नेपाली बजार भित्रदा नयाँ उछाल लेराउने अनुमान गरिएको छ ।
कोमाकी रेन्जरमा ७२ भोल्ट ५० एम्पीयरको लिथियम आयन ब्याट्री प्याक दिइएको छ जसलाई ५ देखि ६ घण्टामा फुल चार्ज गर्न सकिने छ । यसमा ४ किलोवाट क्षमताको ब्रसलेस मोटर रहेको छ । सो इलेक्ट्रीक क्रुजर मोटरसाइकलले एक पटकको फुलचार्जमा १८० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ । सो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक र अगाडि टेलिस्कोपिक फ्रन्ट फर्क र पछाडि टेलिस्कोपिक सस्पेन्स दिइएको छ । यसको टप स्पीड १०० किलोमिटर प्रतिघन्टा रहेको छ ।
कोमाकी रेन्जरमा क्रजुर कन्ट्रोल, रिभर्स स्वीच, एड्भान्स ब्रेकिङ सिस्टम, मोवाइल चार्जिङ पोर्ट, टर्वो मोड, साइड स्ट्याण्ड सेन्सर, इन्क्लुसिभ ड्युअल स्टोरेज स्पेस, ड्युअल प्यासेन्जर फुटरेस्ट, र एलईडी ट्रिपल हेडल्याम्प जस्ता आधुनिक फिचर पाउन सकिन्छ । त्यसैगरी सो बाइकमा रियर प्रोटेक्सन गार्ड, रियर टेलल्याम्प गार्ड र रियर ब्याक रेस्ट, साउन्ड सिस्टमसहितको ब्लुटुथ, गियर मोड, सेल्फ डायग्नोसिस, रिजेनेरेटिभ ब्रेकिङ, एन्टी थेफ्ट लक, अपराइड राइडिङ पोजिसन, प्यासेन्जर सिट र फोर्क माउन्टेड फेयरिङ जस्ता आकर्षक फिचर पाउन सकिन्छ ।
सो इलेक्ट्रीक क्रुजर मोटरसाइकल जेट ब्ल्याक, डिप् ब्लु र गार्नेट रेड गरी तीन कलर अप्सनमा उपलब्ध रहने कम्पनीले जनाएको छ । यसमा तीन राइडिङ मोड उपलब्ध रहेको छ । सो बाइकको नेपाली बजार मूल्य ४ लाख ३५ हजार रुपैयाँ तोकिएको छ भने यसमा विभिन्न छुटहरु समेत उपलब्ध हुनेछ । यो मोटरसाइकल बुकिङ गरेर मात्र खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ भने सो बाइक आगामी बैशाखको पहिलो साता देखि ग्राहकलाई डेलिभरी गरिने छ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit, Instagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।