नेपालका लागि हिरोको आधिकारीक विक्रेता एनजीएम हिरोले एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले आगामी सन् २०२२ को जनवरीमा एक्सपल्स २०० फोर भी नेपाली बजारमा भित्राउने पनि जनाएको छ । सन् २०१९ मा पहिलो पटक बजारमा विक्री सुरु गरेको एक्सपल्स २०० एक एड्भेन्चर मोटरसाइकल रुपमा चिनिन्छ । नेपाल आएदेखि नै सफलता पाइरहेको एक्सपल्स २०० ले अब थुप्रै परिमार्जन सहित बजारमा सार्वजनिक हुने छ ।
हिरोले एक्सपल्स २०० फोर भीमा २०० सीसी लिक्विड कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले १९.१ पीएस पावर र १७.३५ एनएम टर्क प्रदान गर्दछ । ७ फिन आयल कुलरको प्रयोग गरिएको सो मोटरबाइकमा ५ स्पिड गियरबक्स उपलब्ध रहेको छ । यसको अगाडि २७६ एमएम र पछाडि २२० एमएम डिस्क ब्रेकलाई दिइएको छ । सो बाइकको लम्बाई २२२२ एमएम, चौडाई ८५० एमएम, उचाई १२५८ एमएम, ग्राउण्ड क्लियरेन्स २२० एमएम र १४१० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १३ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसले वजन १५८ केजी रहेको छ ।
हिरोले एक्सपल्स २०० फोर भीमा नयाँ स्टार्ट र किल स्वीच दिएको छ । एक्सपल्स २०० फोर भीमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप, व्लुटथ कनेक्टीभीटी र टर्न वाई टर्न नेभिगेशन फिचर थप गरिएको छ । २०० फोर भीको अगाडि २१ र पछाडि १८ इन्चको रिम ह्वील दिइएको छ भने यसको अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध रहेको छ । सो बाइकमा सिंगल–च्यानल एबीएस रहेको छ । त्यस्तै यसमा फुल डिजिटल मिटर, डबल प्रपोज टायर, आल्मुनियम ब्यास प्लेट, नकल गार्ड, हाई माउन्ट मडगार्ड जस्ता आदि विभिन्न फिचर उपलब्ध छन् ।
हाल नेपाली बजारमा उपलब्ध एक्सपल्स २०० को मुल्य ४ लाख २ हजार निर्धारण गरिएको छ भने एक्सपल्स २०० फोर भीको मूल्य करिब १ लाख रुपैयाँले बढी हुने अनुमान गरिएको छ । नेपालमा सो मोटरसाइकलको मूल्य ४ लाख हाराहारी हुने अनुमान गर्न सकिन्छ । सो मोटरसाइकलले नेपाली बजारमा पल्सर, एफजेड, केटीएम ड्युक, होन्डा जस्ता मोटरसाइकलहरु सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को Twitter, Facebook, LinkedIn, Reddit पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।