Home / Blogs / सेकेन्ड जेनेरेसन हुन्डाई क्रेटाको डिजाइन स्केच सार्वजनिक
  • Upcoming Cars
  • 0

सेकेन्ड जेनेरेसन हुन्डाई क्रेटाको डिजाइन स्केच सार्वजनिक

Nepal Auto Trader

Share this News

image

हुन्डाईले सेकेन्ड जेनेरेसन क्रेटाको डिजाइन स्केच सार्वजनिक गरेको छ । केही दिनमै प्रारम्भ हुने अटो एक्सपो २०२० मा सार्वजनिक गरिने सो गाडी नयाँ डिजाइन ल्यांग्वेजका साथ आउने भएको छ ।  नेपाली बजारमा समेत लोकप्रिय रहेको क्रेटाको अर्को पुस्ता कस्तो होला भन्ने धेरैको कौतुहलता छ ।

हुन्डाईले रिलिज गरेको डिजाइन स्केच अनुसार नयाँ क्रेटाको डिजाइन आईएक्स २५ मोडलसँग मिल्दोजुल्दो छ । हुन्डाईले आईएक्स २५ मोडललाई २०१९ मा चाइनिज बजारमा बिक्रीका लागि उपलब्ध गराएको थियो । 

नयाँ क्रेटा एसयूभीको फ्रन्टमा हुन्डाईको सिग्नेचर क्यास्केडिङ ग्रिल छ । यसमा अल न्यु स्प्लिट डिजाइनका साथ हेडल्याम्प दिइएको छ । यसको टेलगेट अझै राम्रो र बोल्ड छ । गाडीको समग्र लुक निकै नै एग्रेसिभ छ । कम्पनीले यसको इन्टेरियरको बारेमा भने केही खुलाएको छैन ।

क्रेटामा किया सेल्टोसको प्लेटफर्ममा आधारित इन्जिन हुने सम्भावना छ, जुन १.५ लिटर पेट्रोल र डिजेल इन्जिनका सार्थै १.४ लिटर टर्बो पेट्रोल इन्जिन हुन सक्छ । यसमा भर्टिकल पोजिसनमा रहेको १०.२५ इन्चको टचस्क्रिन छ । त्यसैगरी सबै मोडलमा मल्टी फङ्सन स्टेयरिङ ह्विल हुने अनुमान छ ।

नयाँ क्रेटामा हुन्डाई भेन्युमा भए जस्तै ब्लुलिंक टेक्नोलोजी पनि हुने सम्भावना छ । सो प्रविधिमार्फत स्मार्टफोनको सहयोगले गाडीसम्म एक्सेस गर्न सकिन्छ ।यद्यपि रिलिज गरिएको डिजाइन अनुसार हुन्डाईको नयाँ क्रेटा आउछ वा आउदैन, अहिले नै भन्न सकिदैन । केही दिन पहिले लन्च भएको हुन्डाई अउरा र त्यो भन्दा पहिले रिलिज गरिएको अउराको डिजाइनमा निकै नै फरक थियो ।

Our latest comments