Home / Blogs / बजाज डोमिनार २५० चाँडै सार्वजनिक हुने, लिक भयो तस्विर
  • Upcoming Bikes
  • 0

बजाज डोमिनार २५० चाँडै सार्वजनिक हुने, लिक भयो तस्विर

Nepal Auto Trader

Share this News

image

बजाज अटोले यही मार्च महिनामा २५० सीसी क्षमताको डोमिनार सार्वजनिक गर्ने यसअघि नै बताएको भएपनि उक्त प्रडक्टको कुनै अफिसियल तस्विर बाहिर आएको थिएन । तर, नयाँ डोमिनार २५० तस्विर बाहिर आएको छ । कम्पनीले सो बाइकको टिजर भिडियो सार्वजनिक गरी डोमिनार २५० को लन्चिङको बारेमा जानकारी दिएको छ । १३ सेकेन्डको सो भिडियोमा डी२५० नाम देखाइएको छ ।

कम्पनीले यसमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी इन्जिन प्रदान गर्नेछ । उक्त इनिजनले अधिकतम ९००० आरपीएममा ३० पीएस पावर र ७५०० आरपीएममा २४ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहने छ । सो बाइकमा नयाँ इन्जिन जडान गरिएको छ । सो इन्जिन केटीएम २५० ड्युकमा दिएको २४८.८ सीसी सिंगल सिलिन्डर इन्जिनमा आधारित रहेको छ ।

बजाज डोमिनार २५० मा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथमा अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प, ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट जस्ता मुख्य फिचर उपलब्ध हुने अनुमान गरिएको छ । यसका साथै यसमा स्लिपर क्लच, एबीएस जस्ता फिचर समेत उपलब्ध रहने छन् ।

डोमिनार २५० को डिजाइन र स्टाइलिङ डोमिनार ४०० को जस्तो देखिनेछ । लिक भएको फोटो अनुसार सानो डोमिनारमा अप साइड डाउन फ्रन्ट फोर्क्स, रेगुलर अलोय ह्विल, स्प्लिट सिट, स्प्लिट ग्रयाब रेल र एलईडी टेलल्याम्प समावेश गरिएको छ । डोमिनार ४०० मा जस्तै डोमिनार २५० मा ट्विन पड एक्जस्ट सिस्टम हुनेछ । बजारमा सो बाइकको यामाहा एफजेड २५, केटीएम २५० ड्युक र रोयल इन्फिल्ड थन्डरवर्ड ३५० एक्स सँग प्रतिस्र्धा हुनेछ ।


Our latest comments