Home / Blogs / नेपालमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक
  • Latest Cars
  • 0

नेपालमा महिन्द्राका दुई नयाँ मोडल सार्वजनिक

Nepal Auto Trader

Share this News

image

नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले यस पटकको महिन्द्राको पछिल्लो उत्पादनहरु ‘एक्सयूभी-३००’ तथा ‘मराजो’ नेपाली बजारमा सार्वजनिक गरेका छन् । भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल यी दुई गाडीले नेपाली बजारमा निकै राम्रो बजार बिस्तार गर्ने कम्पनीको अपेक्षा छ ।

महिन्द्रा एक्सयूभी-३००

स्याङयोङ टिभोलीको एक्स १०० प्लाटफर्ममा निर्माण भएको एक्सयूभी ३०० मा समावेश थुप्रै विशेषता स्याङयोङ टिभोलीबाट लिइएको छ । यसमा आकर्षक सनरुफको साथै, एलईडी डेटाइम रनिङ्ग-लाइट, पुश स्टार्ट-स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोल लगायतका विशेषता उपलब्ध छन् ।

यद्यपी यसको ग्रिल, बोनेट, फेन्डर, डोर, ह्याच, रुफ स्याङयोङभन्दा फरक छ । टिभोली भन्दा ठूलो साइजमा निर्माण भएको एक्सयूभी ३०० को लम्बाई ४ मिटर भन्दा केही सेन्टिमिटर कम रहेको छ । आकर्षक ग्रिल र हेडलाइट, हेडलाइट फग ल्याम्प क्लस्टर र लार्ज तथा प्रिटी लुकको बम्पर यसका आकर्षक पक्ष हुन् ।

१७ इन्चको अलोय ह्वील, सार्प कटर, क्रोम र ब्ल्याक फिनिशले एसयूभीलाई आकर्षक लुक दिएको छ । यसमा टिभोलीको जस्तै ड्याशबोर्ड, स्टेयरिङ ह्वील, स्विच गियर लगातयका विशेषता दिइएको छ ।

यो मोडल यसको प्रतिस्पर्धी मोडल ब्रेजा, इकोस्पर्ट, नेक्सन र क्रेटाभन्दा केही ठूलो रहेको छ । एक्सयूभी ३०० मा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा ११० पीएस पावरकासाथै ३५ सय आरपीएममा २०० एनएम–टर्क उत्पादन गर्छ ।  साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपीएममा ११५ पीएस पावरकासाथै १५०० देखि २५०० आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकषिर्त गर्नेछ ।

महिन्द्रा मराजो

त्यस्तै निकै चर्चामा रहेको महिन्द्राको पहिलो एमपीभी मराजो पनि यस वर्षको नाडा अटो शोमा मुख्य आकर्षणको रुपमा रहेको थियो  । मराजोको डिजाइन सार्क माछाबाट प्रेरित भएको छ भने, कारको केही भागहरू शिकारी सार्क माछाको डिजाइनबाट प्रेरित गरि निर्माण गरिएको छ ।

महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ । मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, दुई एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू दिइएको छ ।   

मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम जडान गरिएको छ भने कारको सेन्टर कन्सोलमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । कारमा तीन–स्पोक स्टेयरिङ्ग ह्वील पनि जडान गरिएको छ, जुन अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको लागि रहेको छ ।

महिन्द्रा मराजोमा नयाँ १.५ लिटर, ४ सिलिन्डर डिजेल इन्जिन छ । जसले ३५०० आरपीएममा १२१ हर्स पावर र १७५० देखि २५०० आरपीएममा ३०० एनएम-टर्क उत्पादन गर्छ । म्यानूअल ट्रान्समिसनको साथमा उपलब्ध रहेको छ । 


Our latest comments