Home / Blogs / यस्तो छ हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक’
  • Car Reviews
  • 0

यस्तो छ हुन्डाईको विद्युतीय गाडी ‘आयोनिक’

Nepal Auto Trader

Share this News

image

हुण्डाई गाडीको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘आयोनिक’ सार्वजनिक गरेको धेरै समय भएको छैन ।  कम्पनीले यसको मूल्य ५२ लाख ९६ हजार निर्धारण गरेको छ।

यसमा २८ किलोवाटको ब्याट्री भएको र फुल चार्जमा २२० देखि २५० किलोमिटर चल्न सक्ने कम्पनीका असिस्टेन्ट जनरल म्यानेजर (सर्भिस) दीपक थपलियाले दावी गरे। नयाँ कारमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ। यो ईलेक्ट्रीक गाडीको लुक्स उत्कृष्ट देखिन्छ।

यसमा तीन प्रकारका चार्जर रहेका छन्। घरमा राख्ने ‘अन बोर्ड चार्जर’ले १० देखि १२ घण्टामा फुल चार्ज हुने, नर्मल एसी चार्जरले ४ घण्टा फुलचार्ज हुने र फास्ट डिसी चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको दावी छ। गाडीको रनिङ कस्ट प्रति किलोमिटरको १ रुपैयाँ ५० पैसा पर्ने थपलियाको दावी छ। यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी रहेको छ।

यसमा रहेको अटोनोमस ब्रेकिङ सिस्टमले ठक्कर लाग्न लागे सुचना दिने र आफै रोकिने कम्पनीले जनाएको छ। ५ सिट क्षमता भएको यो गाडीले १६९ एनएम टर्क दिन्छ।

हुन्डाईले वातावरणमैत्री सवारीलाई विशेष जोड दिएको छ । २०२० सम्ममा हुन्डाईले इलेक्ट्रिक हाइब्रिड र हाइड्रोलिक फ्युलसेलयुक्त २२ वटा कार उत्पादन गर्ने लक्ष्य लिएको छ । 

निक्कै आकर्षक र पछिल्लो प्रविधिले सुसज्जित हुन्डाई कोना इभी विश्वभर नै रुचाइएको विद्युतीय कारमध्येमा पर्दछ । कोनाको माइलेज ड्राइभिङ रेञ्ज समेत उत्कृष्ट रहेको छ । एकपटक फुल चार्ज गर्दा कोनाले ३ सय किलोमिटर भन्दा बढी ड्राइभिङ रेञ्ज दिन्छ । 

नेपाली बजारमा हुन्डाईका सवारी निक्कै रुचाइएको ब्रान्डका रुपमा रहिसकेकाले कोना इभीप्रति पनि उपभोक्ता सन्तुष्ट हुने र रोजाइमा पर्ने विश्वास छ । 


Our latest comments