Home / Blogs / हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
  • Latest Cars
  • 0

हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

Nepal Auto Trader

Share this News

image

नेपाली बजारमा इरा भेरियन्टको ग्राण्ड आई १० नियोस सार्वजनिक भएको छ । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पहिलो पटक हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्ट नेपाल भित्राएको जनाएको छ । हाल नेपाली बजारमा मग्ना र स्पोर्टज् भेरियन्टको ग्राण्ड आई १० नियोस उपलब्ध रहदै आएको छ । यसको साथै कम्पनीले स्पोर्टज् भेरियन्टमा अटोमेटीक भर्सन पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । यसअघि मग्ना भेरियन्टमा मात्रै अटोमेटीक भर्सनमा उपलब्ध रहेको थियो । 


इरा भेरियन्टको ग्राण्ड आई १० नियोसमा १.२ लिटर कप्पा पेट्रोल इन्जिन दिइएको छ जुन इन्जिनले अधिकतम ८२ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । सो इन्जिनमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध रहेको छ । इराको लम्बाई ३८०५ एमएम, चौडाई १६८० एमएम, उचाई १५२० एमएम, २४५० एमएम ह्वीलवेस र १६५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा २६० लिटर क्षमताको बुट स्पेश र ३७ लिटरको इन्धन ट्याङ्की रहेको छ । सो कारले २० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । 


हुन्डाई इरामा एड्जस्ट हेडलाइट, रियर स्पोइलर, हेलोजिन हेडल्याम्प, १४ इन्चको स्टील ह्वील, पावर स्टेरिङ, एसी, हिटर, पावर विन्डो, मस्कुलर बोनेट र साइड बडी प्यानल जस्ता आधुनिक बिशेषता पाउन सकिन्छ । सुरक्षाका लागि सो कारमा अगाडि दुई एयरब्याग, इबीडी सहितको एबीएस, सिट बेल्ट वार्निङ, क्र्यास सेन्सर, इन्जिन इमोविलाइजर, इन्जिन चेक वार्निङ, स्पीड अलर्ट जस्ता फिचर पाउन सकिन्छ । यस्मा इन्फोटेन्टमेन्ट सिस्टम र अटोमेटीक एसी जस्ता फिचर नरहेको कम्पनीले जनाएको छ ।


नेपाली बजारमा हुन्डाई ग्राण्ड आई १० नियोस ‘इरा’ भेरियन्टको मूल्य २८ लाख ५६ हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ स्पोर्टज् अटोमेटीकको मूल्य भने ३८ लाख ९६ हजार तोकिएको छ । मग्ना भेरियन्टको आई १० नियोसको मूल्यभन्दा ५ लाख कम मूल्य तोकेर यसको विक्री सुरु हुन लागेको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।




Our latest comments