जापनिज अटोमोबाइल कम्पनी होन्डाले हर्नेटलाई नयाँ मापदण्डको इन्जिन २०० सीसीमा मोटरसाइकल ल्याउने तयारी गरिरहेको बिभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । मोटरसाइकल निर्माणका लागि काम गरिरहेको कम्पनीले जनाएको छ । होन्डाले मोटरसाइकल सेग्मेन्टमा अन्य कम्पनी भन्दा कमजोर नै भएकाले २०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन लागेको हो ।
अहिले होन्डासँग ११०, १२५ र १६० सीसी सेग्मेन्टमा मात्रै मोटरसाइकल रहेको छ र २०० सीसी सेग्मेन्टमा माग बजारमा उच्च रहेकाले कम्पनीले उक्त सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन तयारी गरेको हो । कम्पनीले सो बाइकलाई अन्तिम रुप दिएको छ । कम्पनीले सो मोडलमा काम सुरु गरिसकेको अनुमान गरिएको छ । यद्यपि यसको पुरा जानकारी सार्वजनिक भएको छैन । होन्डाले बनाउन लागेको यो मोटरसाइकल बजारमा आएसँगै बजाज पल्सर एनएस २००, टीभीएस आरटीआर २०० फोर भी जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
होन्डाको नयाँ मोटरसाइकल अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण भइरहेको सिबिएफ १९० आरमा आधारित रहने अनुमान गरिएको छ । अहिले सिबिएफमा १८४ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । यसलाई केहि परिमार्जन गरेर योभन्दा बढी पावरमा ल्याउने अनुमान गरिएको छ । बाइकको च्यासिस र डिजाइन सिबिएफ १९० आर सँग मिल्दो जुल्दो हुने छ ।
होन्डाले अहिले यूनिकर्न, सिबी साइन, ड्रिम युगा, एक्सव्लेड, हर्नेट जस्ता मोटरसाइकल बिक्री गर्दै आएको छ । नयाँ मोडल आएसँगै २०० सीसीसम्मको रेञ्जमा हेन्डाका मोटरसाइकल उपलब्ध रहने छन् । होन्डले यसमा दुइपांग्रेमा ब्रेकथ्रु हुनसक्ने विश्वास लिएको छ । नेपाली बजारमा पनि शो मोटर बाइक छिट्टै देखिने अनुमान गरिएको छ ।