Home / Blogs / सुजुकी एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता
  • Upcoming Bikes
  • 0

सुजुकी एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० नेपाली बजारमा सार्वजनिक हुँदै; यस्ता छन् बिशेषता

Nepal Auto Trader

Share this News

image

सुजुकी मोटरसाइकलले नेपाली बजारमा आफ्नो नयाँ एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० सार्वजनिक गर्ने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता भीजी सुजुकीले एड्भेन्चर मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको जनाएको हो । सन् २०२२ मा सार्वजनिक गर्ने तयारी भएको भी–स्ट्रोम २५० बिभिन्न कारणले गर्दा नेपाली बजारमा सार्वजनिक हुन सकेको थिएन । कम्पनीले अबको केही महिनामै यसलाई नेपाली बजारमा सार्वजनिक गर्ने जनाएको छ ।


सुजुकी भी स्ट्रोम २५० मा २४९ सीसी सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन दिइएको छ जुन इन्जिनले ९३०० आरपीएममा २६ पीएस पावर तथा ७३०० आरपीएममा २२.२ एनएम टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । सो बाइकको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने यसमा डबल च्यानल एबीएस पनि उपलब्ध रहेको छ । यसैगरी भी–स्ट्रोम २५० को अगाडि टेलिस्कोपिक र रियरमा स्वीङ आर्म सस्पेन्सन उपलब्ध छ । 


सुजुकी भी स्ट्रोम २५० को लम्बाई २१८० एमएम, चौडाई ८३० एमएम, उचाई १३५५ एमएम, ग्राउण्ड क्लियरेन्स २०० एमएम र १४४० एमएमको ह्वीलवेस रहेको छ । सो बाइकमा १२ लिटरको इन्धन ट्यांकी दिइएको छ भने यसको वजन १६७ केजी रहेको छ । यो मोटरसाइकलको सिटको उचाई ८३५ एमएम रहेको छ । सो बाइकले ४० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने कम्पनीको भनाइ छ । १७ इन्चको अलोय ह्वील रहेको भी स्ट्रोमले २५० देखी ३०० केजी सम्मको तौल बोक्न सक्ने क्षमता राख्दछ ।  सो मोटरसाइकलमा अगाडि २७० एमएम र पछाडि १३० एमएम डिस्क ब्रेक रहेको छ ।


सुजुकीको नयाँ एड्भेन्चर मोटरसाइकलमा सबै प्रकारका लाइटहरु एलईडी दिइएको छ जसमा नयाँ हेडलाइट सेटअप, नयाँ एलइडी हेडलाइट सेटअप र नयाँ टेल ल्याम्प सेटअप पाउन सकिन्छ । यसैगरी यसमा फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, व्लुटथ कनेक्टीभीटी, टर्न वाई टर्न नेभिगेशन, साइड स्ट्याण्ड सेन्सर, र फ्रन्ट भाइजर जस्ता अन्य फिचर उपलब्ध छन् । यसमा फराकिलो र ठूलो टायर दिइएको छ जुन अफरोड तथा अनरोड दुबैमा उपयुक्त हुनेछ ।


भी–स्ट्रोम २५० ब्ल्याक, ओरेन्ज र पहेलो गरी तीन कलर अप्सनमा उपलब्ध रहेको छ । सुजुकी भी–स्ट्रोम २५० को नेपाली बजार मुल्य ८ लाखदेखि ८ लाख ५० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गर्न सकिन्छ । नेपाली बजारमा यसको सिधा प्रतिश्पर्धा केटीएम एड्भेन्चर २५० र होन्डा सीआरएफ ३०० सँग हुनेछ । 


नेपाली अटो बजार संबंधित सम्पुर्ण ताजा गतिविधि अनि जानकारीका लागी nepalautotrader.com को TwitterFacebookLinkedInRedditInstagram पेज follow गर्नुका साथसाथै हाम्रो nepalautotrader को YouTube च्यानल पनि subscribe गर्नु होला ।






Our latest comments